CLI

५ वटा निर्जीवन बिमा कम्पनी घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुससम्म समग्रमा नोक्सानी व्यहोरेका छन् । जेनजी आन्दोलनमा भएको क्षतिका कारण बिमा कम्पनीहरुले दाबी भुक्तानी ह्वातै बढेको छ । त्यसैले संस्थाहरुले घाटा व्यहोरेका हुन् ।

सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ५ वटाले खुद घाटा व्यहोरेका छन् । ६ महिनामा १४ कम्पनीहरुले समग्रमा ४१ लाख नोक्सानी व्यहोरेका हुन् । तथ्यांक अनुसार बिमा कम्पनीहरुको चुक्ता पुँजी समग्रमा २८ अर्ब ११ करोड छ ।

त्यस्तै, रिटेन्ड अर्निङमा २ अर्ब ७३ करोड देखिएको छ । ३ वटा सञ्चित नोक्सानीमा छन् । त्यसैगरी, १४ कम्पनीहरुले ८ अर्ब ११ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको भन्दा १८.७२ प्रतिशत धेरै हो ।

चुक्ता पुँजी कसको कति ?

निर्जीवन बिमामध्ये सबैभन्दा धेरै चुक्ता पुँजी आइजीआई प्रुडेन्सियलको देखिएको छ । यसको पुँजी ३ अर्ब २ करोड ९३ लाख रहेको छ ।शिखरको २ अर्ब ९२ करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड र नेको इन्स्योरेन्सको २ अर्ब ६९ करोड रुपैयाँ पुँजी छ । यता, राष्ट्रिय बिमा कम्पनीको रिटेन्ड अर्निङमा सबैभन्दा धेरै २ अर्ब ५५ करोड रुपैयाँ छ । ३ वटाको सञ्चित ऋणात्मक छ ।

बिमा शुल्क संकलन

बिमा कम्पनीहरुले ६ महिनामा ८ अर्ब ११ करोड रुपैयाँ बिमा शुल्क संकल गरेका छन् । यो गत वर्ष भन्दा १८.७२ प्रतिशत धेरै हो । गत वर्षको पुसमा कम्पनीहरुले ६ अर्ब ८३ करोड बिमा शुल्क संकलन गरेका थिए । पुससम्म सगरमाथा लुम्बिनीले १ अर्ब १६ करोड, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ३ करोड बिमा शुल्क संकलन गरेका छन् ।

नाफा

१४ कम्पनीहरुमध्ये ५ वटाले चालु आवको ६ महिनामा खुद घाटा व्यहोरेका छन् । यसअवधिसम्म  ९ वटाले मात्र नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा राष्ट्रिय बिमा कम्पनी रहेको छ । यसले ६ महिनामा १७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी

राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी ६६.४८ रुपैयाँ छ । प्रभुको १४.४ रुपैयाँ इपीएस छ । त्यस्तै, नटवेर्थ पनि राष्ट्रिय बिमाकै सबैभन्दा धेरै छ ।

Leave Your Comment

Related News