CLI

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

चाँदी पनि ३४० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ थियो ।

Leave Your Comment

Related News