काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ३ हजार ९१६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयर बिक्रिमा राखेकाे छ । कम्पनीले हाल विद्यमान सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयरको मूल्य समेत खुलाई काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकलाई सो सेयर बिक्री गर्न आवश्यक कारवाही प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।


