CLI

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । यस दिन बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि १२५ रुपैयाँले घटेको छ ।यस दिन चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News