CLI

राष्ट्र बैंकले पेन्सन कोषको ९ अर्ब ३५ करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ बैंक तथा वितीय संसथाको मुद्दती निक्षेप लागानी गर्ने भइको छ । बैंकको उपदान  तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकोले इच्छुक बैंक तथा वितीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको हो ।

केन्द्रीय बैंक अनुसार बैंकहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ७ अर्ब ४८ करोड, ‘ख’ वर्गका विकास बैंकमा १ अर्ब ४० करोड २५ लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ४६ करोड ७५ लाख रुपैयाँ लगानी गर्नेछ । राष्ट्र बैंकका अनुसार फेब्रुअरी २४, २०२६ देखि फेब्रुअरी २४ , २०२७ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

Leave Your Comment

Related News