CLI

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ८.१६ अंकले घटेको छ । बजार २६६२.९१ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८० हजार ५५९ पटक कारोबार हूँदा १ करोड ९६ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पुगेको छ। बिहीबारको तुलनमा ३ अर्ब १५ करोड ९८ लाख रुपैयाँले कम हो । बिहीबार कारोबार रकम ११ अर्ब १० करोड २५ लाख रुपैयाँ पुगेको थियो  ।

सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।

यस दिन १० वटा उप समूह घटेका छन् भने ३ वटा बढेको छ । बैंकिङ ०.१२ प्रतिशत, विकास बैंक ०.४६ , जलविद्युत १.०२, लगानी ०.६१, जीवन बीमा ०.५५,  लघुवित्त ०.२३, म्युअुचल फण्ड ०.२१,निर्जीवन बीमा ०.५२ र अन्य समूह ०.०७ र व्यापार समूह ०.६८ प्रतिशतले घटेको छ । वित्त ०.५६, प्रतिशत  होटल्स तथा पर्यटन समूह ०.४३ र  उत्पादन र प्रशोधन ०.४९ प्रतिशतले बढेका छ।

त्यस्तै, बुद्वभूमि नेपाल, रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।  अप्पर साङ्गे हाइड्रोपावरको ८.१८ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको करिब ५२ करोड ३६ लाख  रुपैयाँको सेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड २७ लाख रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News