काठमाडौं । एन आई सी एशिया क्यापिटलले आफ्नो “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवा अन्तर्गत मेचिनगर–१०, झापामा कारोवार कार्यालय रहेको होटल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक सेयर (IPO) निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
होटल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा रहेको अन्तराष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटल हो । होटल ईस्टर्न नेपाल संचालनको लागि Inter-Continental Hotels Group -Asia Pacific Pte. Ltd. (IHG) को Brand अन्तर्गतको विश्व विख्यात ख्याती प्राप्त “Holiday Inn Express & Suites” संग व्यवस्थापकिय सम्झौता समेत सम्पन्न भइसकेको छ । जस अन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल संचालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ । निर्माणको अन्तिम चरणमा रहेको होटल ईष्टर्न नेपाल यही मिति २०८३ साल जेठ भित्र सफ्ट ओपनिङ्ग गर्ने लक्ष्य सहित सम्पूर्ण आवश्यक प्रकृया अगाडी बढाएको छ ।
होटल संचालनमा आउन साथ पाँच तारा होटल स्तरको सम्पूर्ण सेवाहरु जस्तै Casino, Dedicated High-End Gaming and Entertainment, Rooftop Swimming Pool, Comfort, Luxury, Suites and Modern Rooms, Banquet Halls, Multiple Dining Outlets, Rooftop Restaurant, Jacuzzi, Spa, and fully Equipped Health Club, In-house Laundry and Professional Housekeeping लगायतका सेवा उपलब्ध हुनेछन् । होटलको निर्माण सम्पन्न गरी नियमित संचालनमा आएको अवस्थामा होटल रहेको स्थान इण्डियन बोर्डर बाट जम्मा ७ कि.मि.को दुरी रहेको तथा इण्डियन विमानस्थल, बागडोरा जम्मा २७ कि.मि.को दुरीमा रहेको हुँदा इण्डियन ग्राहकहरुलाई लक्षित सेवा प्रदान गरिनेछ । अन्तराष्ट्रिय स्तरको होटल ईष्टर्नले नेपालको पूर्वी क्षेत्रमा मात्र नभई समग्र रुपमा नेपालको टुरिजम क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ ।
साथै एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीलाई सम्पर्क गर्न सकिने छ ।


