काठमाडौं । रिड्ज लाइन इनर्जीको आइपीओमा २५.११ गुणा आवेदन परेको छ । कम्पनीले ११ लाख ८० हजार २६० कित्ता सेयरको लागि आवेदन माग भएकोमा २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ता सेयरको लागि आवेदन परेको हो ।
सीडीएसीका अनुसार अन्तिम दिनसम्ममा २६ लाख ६३ हजार ५५७ जनाले यो कम्पनीको आईपीओमा आवेदन दिएका छन् । यो कम्पनीमा २ अर्ब ९६ करोड ३७ लाख ३ सय रुपैयाँको आवेदन परेको हो । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


