CLI

१३ बिओपी भवन निर्माणको लागि सम्झौता

काठमाडौं ।गृह मन्त्रालयले १३ वटा बोर्डर आउट पोष्ट (बिओपी) हरुको भवन निर्माणको लागि सम्झौता भएको बताएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा १६३ वटा बिओपी निर्माण गर्ने लक्ष्य राखिए पनि पुसमासन्तसम्म १३ वटा बिओपी पोष्ट निर्माणको लागि सम्झौता भएको बताएको छ ।

सशस्त्र प्रहरी बल नेपालका लागि बीओपी आवश्यक पर्ने रहेको कारण उक्त बिओपी निमाणर््ा गरिएके बताएको छ । आर्थिक वर्ष २०८१/८२ सम्म एक सय ५१ वटा बिओपी भवन निर्माण गर्ने लक्ष्य राखिएको थियो । सरकारले सीमा निगरानीका लागि बिओपी तथा बिओपी भवन निर्माण गर्ने गरेको पाइन्छ ।

सोहि क्रममा सरकारले चालु आर्थिक वर्षको लागि २६८ वटा बिओपी निर्माण गर्ने जनाएको छ । तर हालसम्म एउटा पनि बिओपी निर्माण हुन सकेको छैन । गत आर्र्थिक वर्षमा २६० वटा बिओपी निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

Leave Your Comment

Related News