CLI

सामुदायिक लघुवित्तको लक इन चैत ४ गते सकिंदै

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी चैत ४ गते सकिने भएको छ ।

साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भएर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । साविक विपिडब्लु लघुवित्तको कुल २ लाख ४ हजार ५०० कित्ता  सेयरको लकइन अवधि सकिना लागेको हो।

कम्पनीका संस्थापकहरुको २ लाख ३ हजार कित्ता, कर्मचारीहरुको १५ सय कित्ता सेयर लकइनमा राखिएको छ। यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

Leave Your Comment

Related News