CLI

प्रतितोला १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख ४ सय रुपैयँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि ५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News