CLI

होटल्स तथा पर्यटन समूहका २ कम्पनी मात्र नाफामा, ६ महिनामा गरे २ अर्ब ६४ करोड आम्दानी, कुनको कति ?

काठमाडौं । होटल तथा पर्यटन समूहमा सूचीबद्ध कम्पनीहरुले समग्रमा साढे ८ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पुसमसान्तसम्म ७ वटा कम्पनीहरुले समग्रमा ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअवधिसम्म आइपुग्दा ७ मध्ये २ वटा कम्पनी मात्र नाफामा छन् । सोल्टी होटल र कालिन्चोक दर्शन मात्र नाफामा छन् ।

सोल्टीले ६ महिनामा ३४ करोड ७५ लाख र कालिन्चोकले १ करोड १९ लाख नाफा कमाएको छ । बाँकी कम्पनी घाटामा छन् । जेनजी आन्दोलनको कारण तारगाउँ, चन्द्रागिरी र कालिन्चोक दर्शनमा क्षति पुगेको छ । जसले गर्दा आम्दानीमा असार परेको हो । आम्दानी घटेसँगै नाफामा पनि असार परेको हो ।

यी कम्पनीहरुले ६ महिनामा समग्रमा २ अर्ब ६४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । जसमध्ये, सोल्टीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । बन्दीपुरले ९४ लाख ५७ हजार, चन्द्रागिरीले २४ करोड ८९ लाख, सिटीले २३ करोड २३ लाख, कालिन्चोकले ३ करोड ५४ लाख, ओरियन्टलले ४८ करोड ४६ लाख र तारागाउँले १७ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समग्रमा होटल तथा केबलकार कम्पनीहरुको चुक्ता पुँजी १२ अर्ब १४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ४३ करोड ५८ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी सोल्टीको ३.४ रुपैयाँ छ । ओरियन्टलको नेटवर्थ ३२८.३३ रुपैयाँ छ ।

Leave Your Comment

Related News