CLI

कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिज्ञापत्र पारित

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज भएको भर्चुअल बैठकले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र पारित गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले पार्टीको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसले आजै जनकपुरमा आयोजित विशेष समारोहमार्फत पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । प्रतिज्ञासभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने प्रतिज्ञासभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा कांग्रेसले लिएको प्रवक्ता देवराज चालिसेले बताए । जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रका बारेमा काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने र त्यसका लागि आज अपराह्न ४ः०० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रतिज्ञापत्रबारे जानकारी दिने उनले जानकारी दिए ।

Leave Your Comment

Related News