काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेयर बजारमा आवद्ध लगानीकर्ताहरुलाई लक्षित गरी २०८२ फागून ६ गते, बुधवार निःशुल्क लगानी रणनीति, तथा आधारभूत र प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका श्रोत ब्यक्ति पुँजी बजार विश्लेषक सि.ए. संजोग कोइरालाले सहभागीहरुलाई सेयर बजारका विविध पक्षहरुमा प्रकाश पारेका थिए । काठमाडौको गोङ्गबुमा रहेको बि.जी. ब्याङ्केट एण्ड इभेन्ट सेन्टरमा सञ्चालन भएको उक्त कार्यक्रममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।
यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानीकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रम सञ्चालक रविन महतले बताए । निकट भविष्यमा सेयर शिक्षा सम्बन्धी थप कार्यक्रम समेत गर्ने लक्ष्य लिएको अध्यक्ष प्रदिप के.सी.ले बताए ।
यस ब्रोकरले काठमाण्डौको बुद्धनगर स्थित मुख्य कार्यालय र शाखा कार्यालय मिलनचोक, बुटवलबाट डिम्याट, तथा टिएमएस खाता खोली कारोवार गर्ने सुविधा प्रदान गर्दै आइरहेको छ । नियमित रुपमा शेयरबजार सम्बन्धी शिक्षा प्रदान गर्न यस कम्पनीले हरेक शुक्रवार जुम मार्फत साँझ ७ बजे साप्ताहिक शेयर बजार विश्लेषण तथा लाइभ प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।


