काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको छ । यस दिन बजारमा सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदी पनि १७५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।


