काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले काठमाडौंमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा पार्टीले अघिल्लो कार्यकालमा सम्पन्न गरेको र आगामी दिनमा गर्ने योजनाबद्ध कामहरूको विवरण समेटिएको छ। लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणजस्ता पूर्वाधार विकासका कामहरू आफूले सफलतापूर्वक सम्पन्न गरेको दाबी एमालेले गरेको छ।एमालेले तत्काल कार्यान्वयन गर्ने ११ प्राथमिक काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।
त्यसैगरी, जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरूको पुनर्निर्माण समयसीमा तोकी अघि बढाइने उल्लेख गरिएको छ । घोषणापत्रमा एमालेले यस निर्वाचनलाई सामान्य पुस्तान्तरणको प्रक्रिया नभई देश निर्माण र विघटनबीचको जनमत–संग्रहका रूपमा व्याख्या गरेको छ। साथै, यसलाई राष्ट्रघात र स्वाभिमानबीचको संघर्षका रूपमा चित्रण गरिएको छ।
एमालेको चुनावी घोषणापत्र–


