CLI

बैंकहरुको गैर बैंकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड रुपैयाँ, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुमा गैर बकिङ सम्पत्ती २४.९८ प्रतिशतले बढेको छ। अर्थतन्त्र चलयमान नहुदा बैंकहरुको गैर बैंकिङ सम्पत्ती बढेको देखैन्छ । नेपाल राष्ट्र बकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म १९ वटा वाणिज्य बैंकहरूको कुल गैर बैकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ८ अर्ब ७१ करोड रुपैयाँ अर्थात २४.९ प्रतिशत बढी हो । गत आवमा बैंकहरुको गैर बैंकिङ सम्पत्ति ३४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ थियो ।

२० वाणिज्य बैंकमध्ये ४ बैंकको गैर बैकिङ सम्पत्ति घटेको छ भने १५ वटा बैंकको उक्त सम्पत्ती बढेको छ । यता, स्टान्डर्ड चार्टर्ड बैंकको गैर बैकिङ सम्पती शून्य रहेको छ । गैर बैंकिङ सम्पत्ति घटेका बैंकमध्ये पहिलोमा माछापुच्छ्रे बैंकको रहेको छ । यो बैंकको गैर बैंकिङ सम्पत्ति ४३.८६ प्रतिशत अर्थात, ४६ करोड ९० लाख रुपैयाँले घटेको छ ।

गत आवको सोही अवधिमा बैंकसंँग १ अर्ब ७ करोड रुपैयाँ थियो भने चालु आवको पुस मसान्तसम्म ६० करोड मात्र रहेको छ । त्यस्तै, दोस्रोमा कुमारी बैंकको उक्त सम्पति घटेको छ । बैंकसँग २ अर्ब ४९ करोड ४ लाख रुपैयाँको गैर बैकिङ सम्पत्ती रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ६.६३ प्रतिशतले कम हो ।

राष्ट्रिय वाणिज्य बैंकको गैर बैंकिङ सम्पत्ति २.९८ प्रतिशतले घटेको छ । अघिल्लो आवको पुस मसान्तसम्मम २९ करोड ७६ लाख रुपैयाँ  रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको गैर बैंकिङ सम्पत्ति २८ करोड ८७ लाख रुपैयाँको रहेको छ । र, एभरेष्ट बैंक गैर बैंकिङ सम्पत्ती  ३० लाख रुपैयाँ घटेको छ ।

गैर बैंकिङ सम्पत्ति बढेका १५ वटा वाणिज्य बैंक  मध्य हिमालयन बैंक  संग सबै भन्दा बढी रहेको छ। यसको यस्तो सम्पत्ति ४४.२२ प्रतिशत बढेको छ ।  चालु आवको पुस मसान्तसम्म बैंकसँग ६ अर्ब १३ करोड  रुपैयाँ गैर बकिङ सम्पति रहेको छ । गत आवको सोहि अवधिमा बैंक संग ४ अर्ब २५ करोड रुपैयँ थियो ।

ग्लोबल आइएमई बैंकको ४ अर्ब २० करोड ८० लाख रुपैयाँ एनबीए बढेको छ ।  गत आव बैंकसंँग ५ अर्ब ५६ करोड ९० लाख रुपैयाँ थियो ।चालु आवमा बैंकको गैर बकिङ सम्पति ५ अर्ब ९९ करोड ९० लाख रुपैयाँ रहेको छ । त्यसैगरी, नेपाल एसबिआई बैंकको १८८.२२ प्रतिशतले र प्राइम कमर्सियल बैंकको ११८.११ प्रतिशतले गैर बैकिङ सम्पति बढेको छ ।

Leave Your Comment

Related News