काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश वितरणको प्रस्ताव गरेको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले कुल ७.३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव गरेको हो ।
यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको अब हुने बाह्रौं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ ।


