CLI

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज, शेयर संरचना परिवर्तनको प्रस्ताव गर्ने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा आज (आइतबार) आयोजना हुँदैछ । वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सभा सुरु हुने गरी तय गरिएको छ ।

आजको सभामा बैंकले पूँजी संरचना परिवर्तनदेखि मर्जरसम्मका महत्त्वपूर्ण विशेष प्रस्तावहरू पारित गर्ने कार्यसूची रहेको छ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक-आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ।

पूँजी संरचना परिवर्तन: बैंकको हालको शेयर स्वामित्व संरचनामा परिवर्तन गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। (हाल संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व रहेको छ।)

सभाले वित्तीय प्रतिवेदन पारित: आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने छ।

सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छ।

Leave Your Comment

Related News