CLI

साढे २६ अर्बको मोबाइल आयात , के नेपालमा उत्पादन गर्न सकिदैन मोबाइल ?

काठमाडौं ।  पछिल्लो सात महिनामा साढे २६ अर्ब मूल्य भन्दा बढीको मोबाइल आयात गरिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा २६ अर्ब ६८ करोड ७३ लाखको मोबाइल आयात गरिएको हो । आन्तरिक उत्पादन नहुने हुँदा व्यवसायीहरुले दक्षिण कोरिया, अमेरिका लगायतका मुलुकबाट मोबाइल आयात गर्ने गरेका छन् ।

व्यवसायीहरुलाई पनि उत्पादनतर्फ लाग्नु भन्दा मोबाइल आयात गरी नाफा सहजै प्राप्त गर्ने बानी परेकोले सरकार र त्यसपछि व्यवसायीले उत्पादनतर्फ ध्यान दिने गरेका छैन । सरकारले मोबाइल उत्पादनमा स्पष्ट नीति लिन नसक्दा आन्तरिक उत्पादनतर्फ ध्यान नदिएको व्यवासायीहरु बताउँछन् । चौधरी ग्रुपले मोबाइल उत्पादन गरे पनि सरकारले बजारको व्यवस्था गर्न नसक्दा बन्द गर्नु परेको थियो । आन्तरिक उत्पादनलाई बढुवा दिनका लागि सरकारले मोबाइल आयातमा चर्को शुल्क लगाउन सक्थ्यो तर त्यसो नगर्दा आन्तरिक उत्पादनमा व्यवसायीहरुले ध्यान नदिएको व्यवसायीहरु स्वयम बताउछन् । हामीसँग सूचना प्रविधि क्षेत्रका विज्ञ युवाहरु हुँदा समेत मोबाइलको आन्तरिक उत्पादनमा सरकारले ध्यान नदिएको उनीहरुको भनाई छ

त्यस्तै सात महिनाको अवधिमा २१ अर्ब २० करोड सात लाखको सुन आयात गरिएको छ । सुनको मूल्य निरन्तर बढ्दा पनि यसको आयात रोकिएको छैन ।

Leave Your Comment

Related News