CLI

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

काठमाडौं । एचआर टेक कम्पनी ट्यालेन्ट कनेक्ट्सले आफ्नो नयाँ ‘एचआर सफ्टवेयर’ सार्वजनिक गरेको छ। एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटीएस) को सफल कार्यान्वयनपछि कम्पनीले पेरोल, परफर्मेन्स म्यानेजमेन्ट र एचआर अटोमेसन समेटिएको पूर्ण एचआर समाधान बजारमा ल्याएको हो। कम्पनीले दुई वर्षअघि नेपालमै पहिलोपटक लिंक्डइन एकीकृत एटीएस प्रणाली सार्वजनिक गरेको थियो, जसले धेरै संस्थाको मन जितेको थियो। 

एटीएस प्रयोग गरिरहेका कम्पनीहरूले पेरोल र परफर्मेन्स ट्रयाकिङको माग गरेपछि नयाँ एचआर सफ्टवेयर विकास गरिएको ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले जानकारी दिए। उनका अनुसार एटीएसको सफलतापछि करिब ६ महिनाको विकास प्रक्रियापछि प्रडक्ट लाइभ गरिएको हो।

हाल बजारमा उपलब्ध धेरै एचआर सफ्टवेयरमा फिक्स्ड मोड्युल मात्र हुने र कस्टमाइजेसनको सुविधा सीमित रहने समस्या रहेको कम्पनीको भनाइ छ। तर ट्यालेन्ट कनेक्ट्सको एचआर सफ्टवेयर भने देशको कानुनी व्यवस्था र कम्पनीको आन्तरिक नीति अनुसार कस्टमाइज गर्न सकिनेछ। केपीआई सेट गरेर कर्मचारीको कार्यसम्पादन (परफर्मेन्स) ट्रयाकिङ गर्न सकिने सुविधा पनि यसमा समावेश गरिएको छ।

यस सफ्टवेयरको मुख्य विशेषता मल्टी कन्ट्री र मल्टी करेन्सी सपोर्ट हो। नेपाल बाहिर सेवा विस्तार गर्न खोजिरहेका कम्पनी वा बहुराष्ट्रिय कम्पनीहरूका लागि यो समाधान उपयोगी हुने कम्पनीको दाबी छ।सार्वजनिक भएको अवसरमा कम्पनीले २० प्रतिशत छुटको अफर पनि ल्याएको छ। ट्यालेन्ट कनेक्ट्स नेपालसहित अमेरिकामा सञ्चालनमा छ। कम्पनीका सफ्टवेयर र कन्सल्टिङ सेवा नेपाल, अमेरिका, क्यानडा, भारत, बेलायत र बंगलादेशका ३०० भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन्। कम्पनीले पहिलो सिजनको शार्क ट्यांक नेपालबाट ३.५ करोड लगानीसमेत जुटाएको थियो।

Leave Your Comment

Related News