CLI

दोहोरो अंकले घट्यो नेप्से, सबै उप-समूहमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । बजार २७.५९ अंकले घटेको छ ।  यस दिन बजार २६१४.५५ अंकमा पुगेर बन्द भएको छ । ३२४ वटा कम्पनीको सेयर कारोबार भएको हो । ७२ हजार पटक कारोबार हुँदा १ करोड ५९ लाख ८९ हजार कित्त सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ पुगेको छ। यो रकम सोमबारको तुलनामा १ अर्ब २४ करोड ३० लाख रुपैयँले कम हो । सोमबार कारोबार रकम  ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ३.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले घटेको छ।

यस दिन सबै उप समूह घटेका छन् ।बैंकिङ ७.१४ प्रतिशत, विकास बैंक ७९.१०,वित्त ०.५६, होटल्स तथा पर्यटन समूह १.०९, जलविद्युत १.८१, लगानी ०.९४, जीवन बीमा ०.७३, उत्पादन र प्रशोधन १.०२, लघुवित्त ०.४८, म्युअुचल फण्ड ०.२२ ,निर्जीवन बीमा ०.४२,अन्य समूह ०.८५ र व्यापार समूह ३.५९ प्रतिशतले घटेका छन्।

सालपा विकास बैंक १० प्रतिशतले बढेको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य ९.२६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको साढे ५ प्रतिशतभन्दा कमले बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, रिडी पावर डेभलपमेन्टको ३७ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News