काठमाडौं । SMART Growth Ventures Pvt. Ltd. द्वारा प्रस्तुत “SMART Friday Insight Series” को नवौं शृंखला (Episode 09) आगामी शुक्रबार साँझ ६:०० बजे देखि ८:०० बजे सम्म आयोजना हुने भएको छ। पूँजी बजार र करियर विकास सम्बन्धी गहन छलफल केन्द्रित यस विशेष सत्रको शीर्षक “From Trade Execution to Human Behaviour: Understanding Capital Markets and Careers” रहेको छ।
यस कार्यक्रमका प्रमुख वक्ता Siprabi Securities Pvt.Ltd. (Broker No. 22) का महाप्रबन्धक श्री जयन्त श्रीवास्तव रहनुहुनेछ। पूँजी बजारको व्यावहारिक अनुभव, ट्रेड कार्यान्वयन प्रक्रिया, लगानीकर्ताको मनोविज्ञान तथा बजार व्यवहारबारे उहाँले सहभागीहरूसँग आफ्ना ज्ञान र अनुभव साझा गर्नुहुनेछ। विशेषगरी, मानव व्यवहारले कसरी बजार निर्णयहरू प्रभावित गर्छ भन्ने विषयमा केन्द्रित प्रस्तुति रहनेछ।
कार्यक्रम SMART (Stock Market Analysis & Research Team) द्वारा आयोजना गरिएको हो भने Siprabi Securities Pvt.Ltd. सँग सहकार्यमा सम्पन्न हुँदैछ। यस शृंखलालाई Nepse Alpha ले सहयोग प्रदान गरेको छ। कार्यक्रम Google Meet तथा YouTube मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ, जसले गर्दा देशभर तथा विदेशबाट समेत इच्छुक सहभागीहरू जोडिन सक्नेछन्।
SMART Friday Insight Series को उद्देश्य ज्ञान र अवसरबीचको दूरी कम गर्नु हो। यस शृंखलामार्फत पूँजी बजारका विज्ञ, पेशेवर तथा अनुभवी व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याई सिकाइ, अनुभव आदान–प्रदान तथा करियर मार्गदर्शन प्रदान गरिँदै आएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले ब्यानरमा उल्लेखित QR कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्। सीमित समयका लागि खुला दर्ता प्रक्रिया मार्फत विद्यार्थी, लगानीकर्ता, नयाँ ट्रेडर तथा पूँजी बजारमा करियर बनाउन चाहने सबैलाई सहभागी हुन आग्रह गरिएको छ।
कार्यक्रम विवरण:
- विषय: From Trade Execution to Human Behaviour: Understanding Capital Markets and Careers
- वक्ता: Jayant Srivastav, General Manager, Siprabi Securities Pvt.Ltd. (Broker No. 22)
- मिति: फाल्गुन १५, २०८२ (फेब्रुअरी २७, २०२६)
- समय: साँझ ६:०० – ८:०० बजे
- Live: Google Meet र YouTube
- आयोजक : SMART Growth Ventures Pvt. Ltd.
यसअघि सम्पन्न भएका एपिसोडहरू:
- Ep.01: Use of Collateral Smartly
- Ep.02: Social Security Fund (SSF)
- Ep.03: Top Mistakes New Investors Make
- Ep.04: How to Survive & Grow in the Stock Market
- Ep.05: SIP Investing in Nepal
- Ep.06: How Nepal Stock Market Actually Works
- Ep.07: Capital Market Literacy
- Ep.08: Capital Market Policies & Current Affairs
अघिल्ला सबै एपिसोडहरू हेर्न:
https://www.youtube.com/@smartnepse/streams
Episode–09 मा सहभागी हुन दर्ता गर्न:
पोस्टरमा रहेको QR Code स्क्यान गर्नुहोस् वा Google Form
https://forms.gle/LDJN16ffNrd3mWZD7 मार्फत दर्ता गर्नुहोस्।
यदि तपाईं सही जानकारीका आधारमा सुरक्षित र दीर्घकालीन लगानी गर्न चाहनुहुन्छ भने यो SMART Friday मिस नगर्नुहोस्।
थप जानकारीका लागि SMART का आधिकारिक सामाजिक सञ्जाल माध्यमहरूमा सम्पर्क गर्न सकिनेछ।
SMART Growth Ventures Pvt. Ltd.
Our Social Media Platforms: https://linktr.ee/SMARTNEPSE


