CLI

काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा

काठमाडौं। आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अंक जोडे । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई  समूह विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।

समूह ‘ए’ बाट ७ अंकसाथ द सेलिब्रेसन को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अंकसाथ एआईटीएम उपविजेता हुँदै सेमिफाइनलमा पुगे । आयोजक दुवै टोलीको भेट सेमिफाइनलमा हुनेछ भने अर्को सेमिफाइनल सेलिब्रेसन को–एड र एआईटीएमबीच हुनेछ । प्रतियोगिताको काष्ठमण्डपका प्लस २ प्रोग्राम डाइरेक्टर रिचार्ड गोमेज र ए लेभल प्रोग्राम डाइरेक्टर यादव थपलियाले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा मण्डिखाटारस्थित आयोजककै हातामा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

Leave Your Comment

Related News