CLI

फागुन २८ गतेबाट गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला हुदै  

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ । यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा आउनेछ ।

जसमध्ये ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई सुरक्षित गरी प्रथम पटकका लागि ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो । यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईको लागि र अधिकतममा ५० लाख इकाईसम्म माग गर्न सकिनेछ । निष्काशन बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते हुनेछ । यो एक खुलामुखी योजना हो ।

Leave Your Comment

Related News