काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” बिक्रीमा आएको छ।
यस अन्तर्गत प्रति ऋणपत्र १ हजार अंकित मूल्यका दरले कुल ५ लाख कित्ता ऋणपत्र बिक्रीमा आएको हो। जसमध्ये ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ। सार्वजनिक निष्काशनमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ।
यसमा आवेदन दिंदा न्यूनतम २५ कित्ताका लागि र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ।


