काठमाडौं । एमएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । यस लघुवित्तको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
एमएमबि लघुवित्तले लाभांश नदिने


