काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार २ सय रुपैयँले बढेको छ । यस दिन सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ थियो ।
यता, चाँदी पनि १७० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयँमा कारोबार भएको थियो ।


