CLI

फागुनको अन्तिम साता डेपुटी गभर्नरहरु अवकासमा जाँदै, निर्वाचन आचारसंहिताका कारण नयाँ नियुक्ति अन्यौलमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर द्धय डा. निलम ढुंगाना र बमबहादुर मिश्र अवकासमा जादै छन् । फागुनको २५ गते वर्तमान डेपुटी गभर्नर द्धय डा. निलम ढुंगाना र बमबहादुर मिश्रको अवधि सकिँदै छ । उनीहरुको पाँच वर्षे कार्यकाल सकिए सँगै उनीहरु केन्द्रीय बैंकबाट अवकासमा जाने भएका हुन् । सन् २०२१ मार्च ९ मा ढुंगाना र मिश्र डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।

डा.ढुंगान र मिश्र अवकासमा गए सँगै सरकारले नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन पर्ने हुन्छ । तर आसन्न फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका कारणले गर्दा सरकारले तत्काल डेपुटी गभर्नरको नियुक्त प्रक्रिया अघि बढाउन नसक्ने अवस्था रहेको छ । निर्वाचन आचारसंहिता लागु भएको कारण डेपुटी गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउन अवस्था छैन तर सरकारले यसलाई कसरी लिन्छ ? त्यसलाई पर्खनु बाहेक विकल्प नभएको अर्थ मन्त्रालयले स्रोतले बतायो ।

यता डेपुटी गभर्नरद्धयको अवकास र निर्वाचन आचारसंहिताका बाबजुद पनि डेपुटी गभर्नरको लाइनमा रहेकाहरु भने नियुक्तिका लागि अघि सरेका छन् । उनीहरुले डेपुटी गभर्नरको नियुक्ति लिनको लागि भेटघाट समेत तीव्र बनाएको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । डेपुटी गभर्नर नियुक्तिको विषयमा अर्थमन्त्री रामेश्वर खनाल आन्तरिक तयारीमा जुटेको मन्त्रालयका एक अधिकारीले बताए । निर्वाचन आचारसंहिताका कारण अर्थमन्त्री खनालललाई डेपुटी गर्भनर नियुक्ति तत्काल गर्न कठिन छ तर उक्त पदलाई खाली राख्दा संस्थाका कामकारबाहीमा समेत असर पर्ने हुँदा निर्णय लिनुपर्ने देखिन्छ त्यसैले गर्दा अर्थमन्त्री खनाल समस्यामा परेका छन् ।

Leave Your Comment

Related News