काठमाडौं । सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेको छ । बजार २६१६.९७ अंकमा पुगेर बन्द भएको छ । ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । ५६ हजार ३४७ पटक कारोबार हुँदा १ करोड २६ लाख २१ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यो रकम आइतबारको तुलनामा १ अर्ब ५६ करोड ११ लाख रुपैयँले कम हो । अइतबार कारोबार रकम ६ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स १.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ।
यस दिन ६ वटा सबै उप समूह बढेका छन् भने ७ वटा घटेका छन् ।बैंकिङ ०.२८ प्रतिशत, विकास बैंक ०.९०,वित्त ०.५६, लगानी ०.३७, जीवन बीमा ०.०७, र अन्य समूह ०.०८ प्रतिशतले बढेका छन। होटल्स तथा पर्यटन समूह०.३५ प्रतिशत, जलविद्युत ०.२३, उत्पादन र प्रशोधन ०.०६, लघुवित्त ०.०७, म्युअुचल फण्ड ०.४१,निर्जीवन बीमा ०.२२ र व्यापार समूह ०.०३ प्रतिशतले घटेका छन्।
सालपा विकास बैंकको सेयर यस दिन पनि १० प्रतिशतले बढेको छ ।त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य ९.२८ प्रतिशत बढेको छ भने मेगा म्युचुअल फण्ड १ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, रिडी पावर डेभलपमेन्टको ३२ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २८ करोड ७८ लाख रुपैयाँ नाघेको छ।


