काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण कोरियाको राजकीय भ्रमणको क्रममा लुला र दक्षिण कोरियाली नेता ली जे म्युङले सियोलमा कृषि देखि व्यापारिक सहयोगसम्म समेट्ने गरी बहुआयामिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
लीले स्वास्थ्य क्षेत्रमा नियामक सहयोगलाई बढावा दिन समझदारी ज्ञापनपत्र जारी गरेका छन् । जसले दक्षिण अमेरिकामा पठाइएका के–ब्युटी स्किनकेयर उत्पादनहरूका लागि अवरोधहरू कम गर्ने जनाइएको छ । सम्झौता पछि के–ब्युटी उत्पादनहरू “ब्राजिलका उपभोक्ताहरूका लागि अझै बढी पहुँचयोग्य हुने लीले बताएका छन् ।
दक्षिण कोरिया विश्वव्यापी सौन्दर्य प्रसोधन उद्योगमा प्रमुख उत्पादकको रूपमा देखा परेको छ, भने हरेक वर्ष अरबौं डलर मूल्यका स्किनकेयर उत्पादनहरू निर्यात गर्दै आएको जनाइएको छ ।
यसै गरी ब्राजिल संसारमा सौन्दर्य उत्पादनहरूका लागि सबै भन्दा ठुलो बजार हो । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै लीले दुई देश बिचको वार्षिक व्यापार १० अर्ब डलर नाघेको उल्लेख गरेका छन् ।
ब्राजिल र दक्षिण कोरियाले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा बढाउन सहमत भएको पनि लीले बताएका छन् ।लीले शिखर सम्मेलन अघि लुलाको उद्धारताको प्रशंसा गर्दै दुवै कठिन सुरुवातबाट शीर्ष सम्झौतामा पुगेको बताएका छन् ।
लुलालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेलमा हालिएको थियो, तर न्यायाधीश पक्षपाती भएको फेला परे पछि रिहा गरियो । लीको कार्यालयले लुला र उनकी श्रीमती रोसाङ्गेलाको जोडीलाई चित्रण गर्ने रङ्गीन केकले स्वागत गरेको जनाइएको छ । ब्राजिल दक्षिण अमेरिकामा दक्षिण कोरियाको सबै भन्दा ठूलो व्यापारिक साझेदार रहेको जनाइएको छ ।


