CLI

सात महिनामा निर्जीवन बीमाको व्यापार २८ अर्ब २७ करोड

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले २०८२\८३ को ७ महिनमा २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँ बढीको व्यापार गरेका छन् ।

यस अवधिमा १४ ठूला निर्जीवन बीमा कम्पनी  हरुले १६ लाख ५६ हजार ३३६ वटा बिमालेख बिक्री गर्दै २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । माघ महिनामा मात्र २ लाख ३६ हजार ७८८ बिमालेख बिक्री गरेको छ । बिमालेख बिक्री गर्दै ६ अर्ब ८६ करोड २१ लाख  रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्रधिकरणका अनुसार १४ बिमा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बिमा शुल्क आर्जन गरेको हो । कम्पनीले मागसम्म १ लाख ८२ हजार ८२३ वटा बिमा बिक्री गर्दै ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ लाख ५४ हजार ८ वटा बिमा बिक्री गर्दै २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको हो । तेस्रोमा, हिमालयन एभरेष्टले १ करोड ८८ लाख २५५ वटा बिमालेख जारी गर्दै २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियरले १ करोड ५९ हजार १५३ वटा बिमालेख जारी गर्दै २ अर्ब ५१ करोड ४९ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको हो ।

४ लघु बिमामध्ये पहिलोमा प्रोटेक्टिभ माइक्रोले ७८ हजार १९३ वटा बिमा बिक्री गर्दै २० करोड १२ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेपाल माइक्रोले १९ करोड २८ लाख रुपैयाँ, ट्रस्ट माइक्रोले १७ करोड ९३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ ।  यता,  स्टार माइक्रोले १६ करोड २८ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ ।

Leave Your Comment

Related News