काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ ले माघ मसान्तसम्म २ करोड २४ लाख भन्दा बढी नाफा गरेको छ । पुस मसान्तसम्म २७ लाख ९० हजार नाफा गरेको योजनाले माघमा भने नाफा बढाएको हो ।
माघमा योजनाको कुल आम्दानी ३ करोड ५६ लाखभन्दा बढी भएको छ । जुन आम्दानी पुस मसान्तसम्म भने १ करोड ४१ लाखभन्दा बढी रहेको थियो । खर्च पनि माघमा १ करोड ३२ लाखभन्दा बढी भएको छ । पुसमा भने १ करोड १४ लाखभन्दा बढी खर्च योजनाले गरेको थियो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्तिमूल्य १० रुपैयाँ ३८ पैसा रहेको छ । पुस मसान्तसम्म भने योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ २३ पैसा थियो ।
बैंक मुद्दती निक्षेपमा ३ करोड लगानी गरेको योजनाको कुल लगानी मूल्य १ अर्ब १७ करोड भन्दा बढी कायम छ । योजनाले धितोपत्रमा माघ मसान्तसम्म गरेको लगानी भने धितोपत्र दलाल कमिसन र कारोबार शुल्क समेत १ अर्ब १७ करोडभन्दा बढीनै रहेको छ ।


