काठमाडौं । मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेको छ । बजार २६३८.६० अंकमा पुगेर बन्द भएको छ । ३२८ वटा कम्पनीको सेयर कारोबार भएको छ ।४३ हजार ९३ पटकको कारोबार हुँदा ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ पुगेको छ । सोमबार को तुलनामा कारोबार रकम ९० करोड ६२ लाख रुपैयाँले कम हो । सोमबार कारोबार रकम ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स २.३१ अकं बढेको छ भने फ्लोट इण्डेक्स १.४० र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.९० अंक बढेको छ ।
यस दिन सबै उप समूह बढेका छन । बैंकिङ ०.३० प्रतिशतले,विकास बैंक १.११,वित्त ०.६४, होटल्स तथा पर्यटन समूह २.०२, जलविद्युत १.२७, लगानी ०.६१, जीवन बीमा ०.७०, उत्पादन र प्रशोधन १.७६, लघुवित्त ०.७९, म्युअुचल फण्ड ०.०९ ,निर्जीवन बीमा ०.५२,अन्य समूह ०.३३ र व्यापार समूह १.४९ प्रतिशतले बढेका छन्।
सालपा विकास बैंकको सेयर यस दिन पनि १० प्रतिशतले बढेको छ ।त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य ९.३१ प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको ९.१५ प्रतिशत, सागर डिष्टिलरीको ८.९६ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको २४ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।


