CLI

जीवन बीमा कम्पनीहरुद्वारा सात महिनामा १ खर्ब ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरु र लघु बीमाहरुले  आर्थिक वर्ष २०८२\८३ को ७ महिनमा १ खर्ब १३ अर्ब ७१ करोड ४ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले मात्रै १ करोड १५ लाख १६ हजार ३७७ बीमालेख बिक्री गर्दै १ खर्ब ११ अर्ब ५ करोड ७८ लाख रुपैयाँको  बीमा शुल्क आर्जन गरेका हो ।

विवरण अनुसार माघ मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्मा १७ लाख ७९ हजार ३६४ वटा बीमा बिक्री गर्दै  २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै,दोस्रोमा नेशनल लाइफले १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दै १३ लाख ३२ हजार १ सय वटा बीमा बिक्री गरेको छ ।

हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यता ३ लघु बीमामध्ये सबैभन्द बढी  क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले माघ मसान्तसम्ममा  २२ करोड ४१ लाख कुल बीमाशुल्क संकलन गरेको छ  । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सले २२ करोड ७६ लाख रुपैयाँ र लिवर्टी माईक्रो लाईफ इन्स्योरेन्सले १५ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । ३ लघु बीमाले कुल २३ लाख ४६ हजार १४८ बीमालेख बिक्री गरेको छ ।

Leave Your Comment

Related News