काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । आम रुपमा सबैले किन्न पाउने गरि ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि आम सर्वसधारणले समेत खरिद गर्न पाउने गरि १५ दिनको सूचना जारी गरिएको छ । कम्पनीले उक्त सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाले कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा १५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य न्यूनतम ४१० रुपैयाँ तोकिएको छ ।


