CLI

निर्वाचनको मुखमा ग्यासको आयात बढाइयो, अभाव नहुने निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको बताएको छ ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिमाणमा उल्लेख्य वृद्धि गरेको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।

कार्यकारी निर्देशक भट्टका अनुसार निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको लोडिङ उच्च दरमा गरिरहेको छ।

मंगलबार यो वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास लोड भएको छ। मंगलबार एकै दिन १३८ बुलेट ग्यास लोड भएको निगमले जानकारी दिएको छ। यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुन आउँछ।

कार्यकारी निर्देशक भट्टले निर्वाचनको अवधिमा पनि ग्यासको आपूर्ति यसरी नै नियमित हुने भन्दै उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन्। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन निगमले भण्डारण र वितरण प्रणालीलाई चुस्त राखेको जनाएको छ।

Leave Your Comment

Related News