CLI

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने, यस्ता छन् मन्त्रिपरिषदको २५ वटा निर्णयहरु

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। बुधबार सरकारको निर्णयबारे जानकारी दिँदै मन्त्री अर्यालले चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको बताए।

त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ। सरकारले १६औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरेको उनले बताए।

निर्वाचन प्रहरी घाइते भएमा सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने र सो अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको काठमाडौं चक्रपथ सुधार आयोजना अन्तर्गत ‘कलंकीदेखि वसुन्धरासम्म’को खण्डका लागि आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने निर्णय सरकारले गरेको छ ।

Leave Your Comment

Related News