CLI

अफगानिस्तानको गोलीबारीमा पाकिस्तानको प्रतिक्रिया

इस्लामाबाद । पाकिस्तानले मङ्गलबार पाकिस्तान–अफगानिस्तान सीमामा अफगानिस्तानको गोलाबारीको जवाफ दिएको पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले बताएका छन् । अफगान पक्षले पाकिस्तानको उत्तर– पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तोरखाम र तिराह उपक्षेत्रमा पाकिस्तान–अफगानिस्तान सीमामा विना कारण गोलाबारी सुरु गरेको प्रवक्ताले बताए।

उनले पाकिस्तानको सुरक्षा बलले तुरुन्तै र प्रभावकारी रूपमा जवाफ दिएको बताउँदै देशले आफ्ना नागरिकहरूको रक्षा गर्न र आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्न जारी राख्ने उल्लेख गरे। अफगानिस्तानको रक्षा मन्त्रालयका उप प्रवक्ता सेदिकुल्लाह नुसरतलाई उदृत गर्दै सिन्ह्वाले पाकिस्तानी सेनाले यस क्षेत्रमा नियमित गस्ती गरिरहेका अफगान कर्मचारीहरू माथि गोली चलाउँदा झडप भएको बताए।

यसअघि अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानले आइतबार पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ दिने बताएका थिए । अफगान पक्षले पाकिस्तानी सेनाले आइतबार द्विपक्षीय सीमा क्षेत्रमा हवाई आक्रमण गरी १८ जनाको ज्यान गएको र अन्य पाँच जना घाइते भएको बताएको छ ।

पाकिस्तानले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा सात आतङ्कवादी शिविर र लुकेका स्थानहरूमा गुप्तचरमा आधारित, लक्षित आक्रमण गरेको थियो भने शृङ्खलाबद्ध आत्मघाती बम विस्फोट पछि ८० जना भन्दा बढी आतङ्ककारीहरू मारिएका थिए ।

Leave Your Comment

Related News