काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी पनि १० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७१५ रुपैयाँ थियो ।


