काठमाडौं । जापानको सेयर बजार अल टाइम हाई विन्दुमा पुगेको छ । टोकियो स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘निक्के २२५’ इन्डेक्स ५८ हजार ८५० को विन्दुमा कारोबार हुँदैछ । यो क्लोजिङका आधार हालसम्म कै उच्च हो । बिहीबार मार्केट इन्ट्राडे हाई ५९ हजार ३३० सम्म पुगेको थियो ।
२३ वर्षसम्म वियरिस रहेको त्यहाँको बजार अहिले भने बुलिस बनेको छ । निक्के इन्डेक्सले सन् १९८९ को डिसेम्बरमा करिब ३९ विन्दुको हाई बनाएको थियो । त्यसपछि बजारमा लगातार घटेर सन् २०१२ सम्म ८ हजार ८०० विन्दुसम्म झर्यो ।
मार्केट त्यसपछि भने विस्तारै बढेको देखिएको छ । इन्डेक्सले ३९ हजार विन्दुको पुरानो हाईलाई सन् २०२४ मा ब्रेक गरेको थियो । त्यसपछि भने मार्केट लगातार जस्तो नयाँ हाई बनाउँदै बढेको छ । यसैक्रममा अर्को इन्डेक्स टीओपीआईएक्स पनि हालसम्मकै उच्च विन्दु ३९ सय अंक माथि छ ।
विशेषज्ञहरुले निक्केको यो उछालको मुख्य कारण ब्यांक अफ जापानद्वारा ब्याजदर अझ बढ्ने आशंका घट्नु र सरकारको आर्थिक प्रोत्साहन उपायहरु भएको विश्लेषण गरेका छन् । यस साता बीओजेको बोर्डमा २ डोभिस अर्थशास्त्री Tochiro Asada र Ayano Sato को नामांकनले लगानीकर्तामा कम ब्याजदर, कमजोर येनको आशा जगाएको छ ।
प्रधानमन्त्री सानाए ताकाइचीले आर्थिक वृद्धि बढाउने, कर छुट र खर्च बढाउने उपायहरु अघि बढाउने वचन दिएकी छन् । ruling coalition को सुपर मेजरिटीले यी नीतिहरु लागू गर्न सजिलो बनाएको छ, जसले बजारमा लगानीको सकारात्मक भावना बढाएको छ । साथै, जापानी टेक कम्पनीहरुको प्रदर्शनले पनि बजारलाई सहयोग पुर्याएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा एनभीडीयाको राम्रो आय र उज्ज्वल भविष्यवाणीले एआई र टेक्नोलोजी क्षेत्रमा लगानीको आकर्षण बढाएको छ ।विशेषज्ञहरुले लामो समयदेखि स्थिर रहेको बजार अहिले बुलिश मोडमा प्रवेश गर्दै लगानीकर्ताको आशा र बजारको तरलता बढाएको बताउँछन् ।



