CLI

‘स्मार्ट मनी टक्स’ नारासहित धितोपत्र बोर्डद्वारा ग्लोबल मनी विक २०२६ मनाइने 

काठमाडौं । “Smart Money Talks” भन्ने नारासहित Global Money Week (GMW) 2026 आगामी मार्च १६ देखि २२, २०२६ (चैत २–८, २०८२) सम्म नेपालमा मनाइने भएको छ।

Global Money Week सन् २०१२ देखि Organisation for Economic Co-operation and Development (OECD) को संयोजनमा विश्वव्यापी रूपमा मनाइँदै आएको वित्तीय सचेतना अभियान हो। यस अभियानको मुख्य उद्देश्य बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्तिको विकास गर्नु हो। हालसम्म यो अभियान १७६ भन्दा बढी देशका ६ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगिसकेको छ।

नेपालमा भने नेपाल धितोपत्र बोर्ड (SEBON) ले OECD/INFE को सदस्यका हैसियतले सातौँ संस्करणदेखि Global Money Week समन्वय गर्दै आएको छ। यस क्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल, स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल, नेपाल प्राइभेट इक्विटी एशोसिएसन, क्रेडिट रेटिङ संस्थाहरू, धितोपत्र व्यापारी संस्थाहरू, विभिन्न शैक्षिक संस्था तथा पूँजी बजारसँग आबद्ध संघ–संस्थाहरूको सहकार्यमा देशभर वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना सम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

 

Leave Your Comment

Related News