CLI

पत्रकारमाथि भएकाे दुर्व्यवहारप्रति नाफिजकाे ध्यानाकर्षण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) पत्रकार माथि भएकाे दुर्व्यवहार र आक्रमणप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । नाफिज  सदस्य एवं रातोपाटी डटकमका संवाददाता अमृत चिमरिया सहितको टोलीमाथि ‘फिल्ड रिपोर्टिङ’का क्रममा भएको दुर्व्यवहार र पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति यस संस्थाको ध्यानाकर्षण भएको हाे।

झापा ५ मा निर्वाचनको अवस्थाबारे स्थलगत रिपोर्टिङका क्रममा ‘ नेशलन भोलेन्टियर फोर्स’ द्वारा भएको सो दुर्व्यवहार र  आक्रमणको घोर भत्सना गर्दछ । साथै, लोकतन्त्रको मूल्य र मान्यतालाई सबैले सही ढंगले पछ्याउनुपर्ने र चुनावसँग सम्बन्धित सत्यतथ्य समाचार संकलनका लागि फिल्डमा खटेका पत्रकारको सुरक्षा चूनौति सृजना गरिनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिकै आक्रमणका रुपमा नाफिजले लिएको छ ।

साथै पत्रकारलाई दुर्व्यवहार र पत्रकारमाथि हातपात गर्ने कार्यमा संलग्न उक्त नेशलन भोलेन्टियर फोर्सका सदस्यलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग नाफिज माग पनि गर्दछ । नेपाल आर्थिक पत्रकार संघले अपराधिक मनसायले पत्रकारमाथि दुर्व्यवहार र हातपात गर्नेलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
साथै, प्रेस विरोधी कर्मको निन्दा र भत्सना गर्नुका साथै भविष्यमा प्रेस स्वतन्त्रता हननमा संलग्न नहुन सम्बन्धित सम्पूर्णलाई सचेत गराउँदछ ।

Leave Your Comment

Related News