CLI

प्रतिनिधि सभा निर्वाचनका लागि : ८ लाखले उपत्यका छाड्दै

काठमाडौं । फागुन २१ गते हुने आमनिर्वाचनका वेला ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ।

एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरूले काठमाडौँ छोड्ने तयारी गरेका छन्। सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ। यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ।

फागुन २३ गते शनिवार र २४ गते अर्थात ८ मार्चका दिन अन्ताराष्ट्रिय महिला दिवसको बिदा छ। यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुने भएपछि दशैँतिहारमा जस्तै योपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन्।

यातायात व्यवसायीहरूका अनुसार अहिलेबाटै उपत्यका छाड्नेहरू बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताए। १९ गतेसम्मका लागि लामो दूरीका गाडीमा भीडभाड रहेको उनको भनाइ छ।

Leave Your Comment

Related News