काठमाडौं । जोर्डनले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेको छ । इजरायल र इरानले एकअर्काविरूद्ध हवाई आक्रमण गरिरहेका बेला जोर्डनले ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेका हो ।
जोर्डनको सेनाका अनुसार देशको आकाशमा उडिरहेका दुई ब्यालिस्टिक मिसाइललाई ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । ध्वस्त पारिएका ती मिसाइल कसले प्रक्षेपण गरेको हो भन्ने स्पष्ट हुन नसकेको समाचारमा उल्लेख छ ।


