काठमाडौं । बैकिङ प्रणालीमामा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ११० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ८७ दिनको लागि निक्षेप संकलन बोललबोल उपकरणमर्फात उकत निक्षेप संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंक अनुसार आइतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागी घटिमा १० करोड रुपैयाँ र बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोल नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्रप्त “क”,”ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि जेठ १३ गतेलाई तोकिएको छ।


