काठमाडौं । कतार एयरवेजले कतारको हवाई क्षेत्र बन्द गरिएकाले तत्काल सञ्चालन गर्न सम्भव नभएको बताएको छ ।
एयरवेजले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै कतारी हवाई क्षेत्र बन्द गरिएकाले हालका लागि अस्थायी रूपमा उडान स्थगित गरिएको जनाएको छ।
कतार नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र सुरक्षित रूपमा पुनः खोलिएको घोषणा गरेपछि मात्र कतार एयरवेजले उडान पुनः सुरु गर्ने एष्रवेजले बताएको ।
थप अद्यावधिक मार्च २ तारिख दोहा समय बिहान ९ बजेसम्म प्रदान गरिने बताएको छ ।
यात्रुहरूलाई वेबसाइट वा कतार एयरवेजको मोबाइल एपमार्फत पछिल्लो उडान जानकारी हेर्न अनुरोध गरेको छ ।


