CLI

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । भगवति हाइड्रोपावर, अपि पावर र सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये, भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ लाख ३२ हजार ९२६ कित्ता सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर दिएको थियो ।

अपि पावरको ३० लाख ३७ हजार ९६३.९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यता, सोल्टी होटलको १५ लाख ३२ हजार ८९८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो ।

Leave Your Comment

Related News