काठमाडौं । मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेको छ । बजार २७१२.४९ अंकम पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । ६१ हजार ३२९ पटक्को कारोबार हुँदा १ करोड ५१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । कारोबार रकम आइतबारको तुलनामा ५८ करोड ६० लाख रुपैयाँ बढी हो । आइतबार कारोबार रकम ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स ६.२५ अकं बढेको छ भने फ्लोट इण्डेक्स ३.०३ र सेन्सेटिभ फ्लोट डण्डेक्स २.४१ अंक बढेको छ ।
यस दिन १२ वटा उप समूह बढेका छन् भने १ वटा घटेको छ । बैंकिङ १.६४ प्रतिशतले,विकास बैंक १.५९,वित्त १.४३, होटल्स तथा पर्यटन समूह १.६०, जलविद्युत २.१३, लगानी १.५२, जीवन बीमा १.०५, उत्पादन र प्रशोधन १.४९, लघुवित्त १.६६, म्युअुचल फण्ड ०.८२ ,निर्जीवन बीमा १.११ र अन्य समूह १.०३ प्रतिशतले बढेका छन्। व्यापार समूह ०.८४ प्रतिशतले घटेको छ ।
सालपा विकास बैंक १० प्रतीशतले बढेको छ । पञ्चकन्या माइ हाइड्रोपावर ९.८९, रिलायन्स स्पिनिङ्ग मिल्सको ९.८२ मोलुङ्ग हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६.१८ प्रतिशतले बढेको छ।
कारोबारको आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ६५ लाख ३० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै,रिडी हाइड्रोपावरको २७ करोड ७४ लाख रुपैयाँ, एसवाई प्यानल नेपालको २४ करोड ६७ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २२ कारोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।


