CLI

प्रतितोला ११ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा  सुनको मूल्य घटेको छ । सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको  छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरेहको छ । मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि २७५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News